शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 48
    SHARES

जनकपुरधाम-मधेस प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको वर्तमान शान्तिसुरक्षा अवस्थाको समीक्षा गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो ।

बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासम्बन्धी घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्ने निर्णय गरिएको उल्लेख छ ।

प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री यादवले स्पष्ट पार्नुभएको छ ।

विज्ञप्तिमार्फत राजनीतिक दल, सङ्घसंस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न आआफ्नो जिम्मेवारी निर्वाह गर्न हार्दिक अपिल गरिएको छ ।

साथै सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा अन्य माध्यमबाट अफवाह, भ्रम, हिंसा वा सार्वजनिक अशान्ति फैलाउन सक्ने प्रकृतिका सूचना तथा सामग्रीको सम्प्रेषण, प्रकाशन वा प्रसारण नगर्न प्रदेश सरकारले आग्रह गरेको छ । आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्न पनि सबै प्रदेशवासीलाई अनुरोध गरिएको छ ।

विज्ञप्तिमा पछिल्ला घटनाबाट प्रभावित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, प्रदेश सरकार शान्तिसुरक्षा, सुशासन, कानुनी शासन तथा नागरिकको संवैधानिक र कानुनी अधिकारको संरक्षणप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)