बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मानहुँकोट

मानहुँकोटको डाँडो पर्यटकिय गन्तव्यको रुपमा विकास भएकोमा हर्षित छन् काँग्रेस युवा नेता थापा

१७ वर्ष अधि देखिको मिहिनेत सार्थक भयो


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २४, २०७७
  • 1.5K
    SHARES

दमौली। महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।
केही वर्ष अगाडिसम्म सदरमुकाम नजिकै भए पनि मानहुँकोट कसैले चिन्दैन थिए। त्यस ठाउमा बसोबास गर्ने मानिसहरू पनि स्वास्थ,खानेपानी,विद्युतबाट बञ्चित थिए। खानेपानी लिन घण्टौँसम्म हिड्न पर्ने बाध्यता थियो। अझै मानहुँकोट पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न करिब दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।अहिले सवारीसाधनमा २०र२५ मिनेटमा पुगिन्छ।

अहिलेको मानहुँ कोट बनाउन आजभन्दा १६र१७ वर्षदेखि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर अभियान चलाउनु भएको थियो काँग्रेस युवा नेता एक चाम थापा ले ।मानहुँमा नै जन्मिएका थापाले शुरूका दिनमा मानहुँ बनाउनका निम्ति प्रचारप्रसार देखि विकासमा पूर्वाधार बनाउनका निम्ति सम्बन्धित निकायलाई घचघचाउने काम गरे।
विशेष गरी आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थलमा रूपमा स्थापना गर्नुपर्नेमा थापाको जोड रहदै आएको थियो। सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा हुनु पर्छ भन्नुहुन्छ काँग्रेस युवा नेता थापा ।

दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।
यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको काँग्रेसका युवा नेता चाम थापाले बताउनुभयो । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई÷तीन सयको हाराहारीमा पर्यटक आउँथे ।
यो वर्ष दशैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ”, उहाँले भन्नुभयो । मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)