शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारत सरकारको आर्थिक सहयोगमा धनुषामा निर्मित विद्यालय उद्घाटन


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २४, २०७७
  • 1.4K
    SHARES

काठमाडौं। भारत सरकारको आर्थिक सहयोगमा धनुषा जिल्लाको कुम्हरौडा स्थितश्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, शहरी विकास तथा भवन निर्माण विभाग,संघीय परियोजना कार्यान्वयन इकाई, धनुषा जनकपुरधाम तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु र स्थानीय प्रतिनिधिहरुद्वारा आज संयुक्त रुपमा उद्घाटन गरियो ।

‘नेपाल–भारत विकास सहकार्य’कार्यक्रम अन्तर्गत भारत सरकारको २.६२४ करोड रुपैयाँको अनुदान सहयोगमा १५ वटा कक्षाकोठा र सरसफाई सुविधासहितको उक्त तीन तल्ले विद्यालय भवनको निर्माण भएकोहो ।

भारत सरकार र नेपाल सरकारबीचभएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा विकास गरिएको हो ।

भारतले हालसम्म नेपालमा ४ सय २४ उच्चप्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये धनुषामा १० वटा गरी प्रदेश नं २ मा ४५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् ।

धनुषा जिल्लामा ९ वटा समेत गरी प्रदेश नं २ मा भारत सरकारको अनुदानमा सञ्चालित २१ परियोजनाहरु सम्पन्न तथा कार्यान्वयनका विभिन्न चरणहरुमा रहेकाछन् ।

धनुषाको तुलसियाहीमा वैद्यनाथ देवनारायण जनता उच्चमाध्यमिक विद्यालयको निर्माणार्थ मिति २०७६ चैत्र ३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल सरकारले मुखियापट्टी मुसर नियागाउँ पालिकालाई कार्यान्वयन निकायको रुपमा नियुक्त गरेको छ भने टेन्डर प्रक्रिया पुरा गर्न बाँकी रहेको छ ।

धनुषा जिल्लाको कुम्हरौडा स्थित श्री लक्ष्मीनियाँ जनता माध्यमिक विद्यालय सन् १९५६ मा स्थापनाभएको हो ।

विद्यालयमा करिब ११०७जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशतभन्दा बढी छात्रा रहेका छन् ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढगर्ने अपेक्षा गरिएको छ ।

यस परियोजनाले नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमापूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }