बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

प्रयोगमा आएन पोखराको रत्न मन्दिर


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २८, २०७७
  • 566
    SHARES

पोखरा । पर्यटकीय नगरी पोखरा स्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समय देखि बन्द रहेका छन् ।

पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने रत्न मन्दिर (दरबार)लाई प्रयोगमा ल्याउने प्रयास गरिएपनि सफल हुन नसकेको प्रदेश सरकारले बताएको छ  । तत्कालिन राजा महेन्द्रले आफ्नो कान्छी श्रीमती रत्नलाई खुशि पार्न २०१३ सालमा निर्माण गरेको रत्न मन्दिर हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।

२०६४ सालमा ट्रष्टको स्वामित्वमा आएदेखि यो भवन प्रयोगमा आउन सकेको छैन् । यो बीचमा रत्न मन्दिरलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने प्रयास नेपाल ट्रष्टले नगरेको होइन । तर विशेष गरी पोखराका पर्यटन व्यवसायीको तीव्र विरोधपछि यो निर्णयबाट ट्रष्ट पछि हटेको देखिन्छ । हिमागृह र रत्नमन्दिर क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न ट्रष्टसँग आह्वान गरिएको तर लिज सम्झौतामा प्रयोग गर्न दिने समझदारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताउनुभयो । ट्रष्टको नाममा रहेका यस्ता क्षेत्र प्रयोगमा ल्याउन प्रदेश सरकारले प्राविधिक कार्यदल निर्माण गरी छलफललाई अगाडी बढाइएको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार क्षेत्र तत्कालिन राज परिवारले पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणको क्रममा बस्ने र आराम गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका थिए । यो दरबार क्षेत्रलाई प्रयोगमा ल्याउन सके पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने बुझाई प्रदेश सरकारको रहेको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }