काठमाडौं। कोरोनाका कारण होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ। ७० वर्षीय शाक्यको उपचारका क्रममा आज बिहान ओम अस्पतालमा निधन भएको हो ।
दशैंपछि कोरोना संक्रमण देखिएको उनमा निमोनियाको समस्या थियो ।
शाक्य अमर होटेलका संचालक हुन् । होटल संघ नेपालले उनको निधन प्रति गहिरो शोक व्यक्त गरेको छ।
