बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षा आजबाट शुरु


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर ९, २०७७
  • 457
    SHARES

काठमाडौं। कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ ।
कोभिड १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको हो ।

परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरीएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो ।

बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्याङ्कन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिने छ । परीक्षा बिहान ८ बजेदेखि साढे आठ बजे सम्म सञ्चालन भएको छ ।

यसपटक विद्यार्थीहरुले आफैले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् । यस्तै गाउँघरमा गएका विद्यार्थीहरुले भने आफुलाई पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था पनि गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सबै परीक्षा केन्द्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन भएको बताउनुभयो । यस्तै परीक्षा केन्द्रहरुमा परीक्षा बोर्डले जारी गरेको परीक्षा मापदण्ड समेत पालना भएको पाइएको सचिव मैनालीले बताउनुभयो ।

परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क तथा फेससिल लगाउने, सेनिटाइजरको प्रयोग गर्ने लगायतको व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपात्यकाका विभिन्न परीक्षा केन्द्रहरुमा पुग्दा जनस्वास्थ्य मापदण्डका सम्पूर्ण मापदण्डहरु पुरा गरेको पाइएको छ । परीक्षामा विद्यार्थीले लेखिसकेपछि भिडभाड नगरीकन कापीलाई तोकिएको ठाउँमा राखेर बाहिर निस्कने व्यवस्था मिलाइएको पनि केन्द्राध्यक्षहरुले बताएका छन् ।

एउटा परीक्षा कोठामा बढीमा २० जनासम्म विद्यार्थी राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्कको प्रयोग गरेका छन् । परीक्षामा कोही विद्यार्थी विरामी परेमा छुट्टै कोठामा राखेर परीक्षा दिन पाउने व्यवस्था पनि विद्यालयहरुले गरेका छन् । परीक्षा सञ्चालनमा स्थानीय तहहरुले सहयोग गरिरहेका छन् । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }