बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुशी सार्वजनिक गर्न नमिल्ने पूर्व शिक्षा मन्त्री तुलाधरको टिप्पणी


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १९, २०७७
  • 591
    SHARES

काठमाडौं।  पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुशी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गर्नुभएको छ ।

आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त भएको अवस्थामा आयोगमा रहेका केही सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्न स्वतन्त्र नभएको बताउनुभएको हो ।

आयोगका अधिकांश सदस्यहरुले आज (शुक्रबार) प्रतिवेदन सार्वजनिक गरेपछि आयोगका सदस्य समेत रहनु भएका तुलाधरले यस्तो टिप्पणी गर्नुभएको हो । शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वमन्त्री तुलाधरले सरकारले आफ्नो प्रयोजनको निम्ति आयोग बनाएको र आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि आयोगको प्रयोजन नै समाप्त भइसकेको बताउनुभयो । आयोगले दिएको प्रतिवेदन सरकारले जस्ताको तस्तै लागू नगर्न पनि सक्ने उहाँको भनाई छ ।

आर्थिक व्ययभार बढाउने, जनशक्तिका प्रश्नहरु र अन्य किसिमका समस्यालाई हेरेर सरकारले सार्वजनिक गर्ने विषय भएको बताउनुभयो ।

सरकारले ४ सय ९८ पृष्ठ लामो प्रतिवेदन बाहिर सार्वजनिक नगरेपनि गत वर्ष ८४ पेज लामो सारांश सार्वजनिक गरिसकेको र त्यसलाई राष्ट्रिय शिक्षा नीतिको मूल दस्तावेजको भावनामा समेटेर सार्वजनिक भएको मान्नुपर्ने बताउनुभयो । त्यो कुरामा पनि सरकार इमान्दार नभएको भए विरोध गर्न पाइने तर आफुखुशी सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्ने कुरा उपयुक्त नभएको बताउनुभयो । सरकारले प्रतिवेदन सार्वजनिक नगरेर गल्ति गरेको छ भन्दैमा सदस्यहरुले आफै सार्वजनिक गरेर अर्को गल्ति नगरेको भए राम्रो हुने तुलाधरको भनाई छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् । २०७५ असार २४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले २०७५ पुष २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }