बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गुगलका जीमेल, युट्युव, म्याप्स लगायतका सबै सेवा विश्वभर डाउन


  • माउन्टेन खबर
  • सोमवार, मंसिर २९, २०७७
  • 548
    SHARES

गुगलका सेवाहरु विश्वभर डाउन भएका छन् । गुगलका लोकप्रिय सेवाहरु जीमेल, युट्युव, म्याप्स लगायतका सबै सेवा विश्वभर डाउन भएका हुन् ।

जसको असर नेपाली प्रयोगकर्ताहरुले समेत भोगे।

वेबसाइट डाउनभएको जानकारी राख्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार आज बिहानदेखि सुरु भएको यो समस्या अहिले विश्वभरसबैभन्दा धेरै प्रभावित पारेको छ । जसको चपेटामा नेपाली प्रयोगकर्ताहरु समेत परे ।

यो समस्या गुगलको जीमेल, यूट्यूब, गूगल मिट, गूगल प्ले, गुगल डटकम, गुगल म्याप्सलगायत सबै सेवाहरुमा देखिएको छ। अहिलेपनि कयौं प्रयोगकर्ताहरुले सो बारेमा गुनासो गरिरहेका छन् ।

अहिले नेपालमा भने गुगलको सेवाहरु सुचारु भएपनि युरोपेली मुलुकका प्रयोगकर्ताहरुले अझै गुनासो गरिरहेका छन् ।

केहि समयअघि मात्र फेसबुकका सेवाहरुमा यस्तै किसिमको समस्या देखा परेको थियो ।यसबारेमा गुगलले हालै ट्विटर एकाउन्टबाट सो बारेमा जानकार रहेको र समस्या समाधान गर्न प्राविधिक समूह लागिरहेको जानकारी दिएको छ । कम्पनीले अनुसनन्धानपछि मात्र थप कुरा स्पष्ट पार्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }