बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दूरसञ्चार सेवाहरुको बारेमा गुनासो अब अनलाइनबाटै


  • माउन्टेन खबर
  • बुधबार, पुस १, २०७७
  • 959
    SHARES

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले गुनासो सुन्ने अनलाइन सेवा संचालन गरेको छ । प्राधिकरणले हालै गुनासो सुन्नका लागि अनलाइन व्यवस्था शुरु गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरि दूरसञ्चार सेवा प्रदान गरिरहेका सेवा प्रदायकहरुले प्रदान गरेको दूरसञ्चार सेवाका बारेमा उपभोक्ताले अनलाइनमार्फत नै गुनासो गर्न सक्ने भएका छन् ।

सेवा प्रदायकको सेवा सम्बन्धमा समस्या भएमा दूरसञ्चार उपभोक्ताहरुले सम्बन्धित सेवा प्रदायकहरुलाई गुनासो गर्दा पनि समस्या समाधान नभएको खण्डमा प्राधिकरणको कार्यालयको सम्पर्क नम्बर तथा कार्यालयको इमेल मार्फत गुनासो व्यवस्थापन गरिदैँ आएको जनाएको छ।

हाल दूरसञ्चार सेवाका सम्बन्धमा उपभोक्ताहरुको गुनासोलाई थप व्यवस्थित एवं प्रभाबकारी बनाउनको लागि कार्यालयको सम्पर्क नम्बर तथा इमेलको अतिरिक्त गुनासो ब्यबस्थापन प्रणाली समेत तयार गरि सोझै प्राधिकरणको वेबसाइटमा राखिएको “गुनासो ब्यबस्थापन प्रणाली(Complaint Handling System) मा समेत गुनासो दर्ता गराउन सक्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको  छ ।

यसको लागि तयार पारेको प्रणालीमा भने सेवाग्राहीले गुनासो गर्नका लागि मोबाइल नम्बर र ईमेल ठेगाना समेत राख्नुपर्ने व्यवस्था गरिएको छ ।

सो प्रणालीमा लगइन गरेर आफुले सेवा लिईरहेको कम्पनीको सेवाको बारेमा गुनासाे गर्न सकिने सुबिधा रहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }