बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भिडियो प्लेटफर्म युट्युबले नेपाललाई आफ्नो पार्टनर प्रोगाममा सहभागी गरायो

नेपालबाटै मनिटाइज गर्न सकिने


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ३, २०७७
  • 323
    SHARES

काठमाडौं ,३ पुस। भिडियो प्लेटफर्म युट्युबले नेपाललाई आफ्नो पार्टनर प्रोगाममा सहभागी गराएको छ । कम्पनीले हालै नेपालबाटै मनिटाइज गर्न सकिने गरि पार्टनर प्रोग्रामको सूचीमा राखेको हो।

पार्टनर प्रोग्राममा नेपाल परेसँगै नेपालबाटै यूट्युबमार्फत कम्पनीले उपलब्ध गराइरहेका सेवा तथा आम्दानीको प्रक्रियामा सहभागी हुन सकिनेछ ।

युट्युबको पार्टनर प्रोग्राममा हालसम्म १ सय २२ देशहरु छन् ।

यसअघि नेपाललाई सो सूचीमा नराख्दा नेपाली यूट्यूबरहरुले अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । जसले गर्दा युट्युबमार्फत नेपालीहरुले आम्दानी गरिरहेको भएपनि अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो ।

नेपालीले भारत, अमेरिकाजस्ता देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्नुपर्ने अवस्था थियो ।

अब भने कुनैपनि युट्युब क्रिएटरले नेपालको नै नाम राखेर आफ्ना भिडियो लगायतका कन्टेन्टहरु मनिटाइन गर्न सक्नेछन् । त्यसैगरि युट्युबका सबै किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ भने सो पालना समेत गर्नुपर्नेछ ।

युट्युबमा एक हजार सब्सक्राइबर रहेका र कम्तिमा चार हजार घन्टाको भिडियो हेरिएको समयसहित मनिटाइज गर्न सकिने प्राबधान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }