२ माघ, बाँके । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । २७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उहाँमा संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
