चितवन – मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सोमबार दिउँसो २ः१० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन डिभिजनको एउटा उपकरण परिचालन भइसकेको छ भने थप दुईवटा उपकरण घटनास्थलतर्फ पठाइएको छ ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
