सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप ३२२ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, माघ ५, २०७७
  • 359
    SHARES

५ माघ, काठमाडौं। अघिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ३७४ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ६ जनाले ज्यान गुमाएका छन् भने योसंगै हालसम्म कोरोनाबाट १९६५ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै सोमबार मात्रै नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना समेत देखिएको बताएको छ भने सरकारले संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)