बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाइजेरियामा बन्दुकधारीद्वारा सात जनाको हत्या


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १७, २०७७
  • 566
    SHARES

१७ फागुन, काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको हत्या गरेका छन् । कडुना राज्यका आन्तरिक सुरक्षा तथा गृह मामिलासम्बन्धी आयुक्त सामुएल अरुवानले कडुनाको कजुरु र इगाबी गाउँमा बन्दुकधारीहरुले आक्रमण गरेर गाउँलेको हत्या गरेको जानकारी दिए ।

अरुवानले उक्त घटनामा घाइते भएका व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै स्थानीय सुरक्षा निकायहरुले घटनाको अनुसन्धान गरिरहेको बताए ।

नाइजेरियाको उत्तरी भूभागमा वर्षौंदेखि हत्या, लुटपाट, अपहरण र अन्य फौजदार अपराधका घटनाहरु भइरहेका छन् । सरकारले उत्तरी नाइजेरियाका गाउँमा हुने यी घटना रोक्न ठूलो संख्यामा सैनिक परिचालन गरेपनि आपराधिक घटनाहरु निरन्तर झैं भइरहेका छन् । –सिन्ह्वा

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)