शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशमा लाइसेन्सको लागि लिखित र ट्रायल परीक्षा आजदेखि शुरु


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 851
    SHARES

हेटौँडा, १८ फागुन।   बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई सवारीको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि लिखित परीक्षा र ट्रायल परीक्षा आजदेखि शुरु गरेको छ । नयाँ अनुमतिपत्र प्राप्तका लागि दिइएको ट्रायल परीक्षाबाट उत्तीर्ण भएकालाई केही हप्ताभित्रै चालकको नयाँ अनुमतिपत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

ट्रायल परीक्षामा उत्तीर्ण नभएकालाई सो कार्यालयले प्रथम, द्वितीय र तृतीय चरणमा क्रमशः मौका ट्रायल परीक्षा उपलब्ध गराउने यातायात सेवा कार्यालय हेटौँडाका प्रमुख अधिकृत भक्तबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रदेशको चितवन, धादिङ, सिन्धुली, नुवाकोट, काभ्रे, रामेछाप, दोलखा र मकवानपुरको विभिन्न प्रकारको सवारी साधनका धनीलाई स्मार्ट कार्ड वितरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

भण्डारीले प्रदेशका विभिन्न जिल्लाको सबै प्रकारको सवारी साधनका चालक पुरानो अनुमतिपत्रको नवीकरण गर्ने कार्यसमेत भइरहेको बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्षको प्रथम, अर्धवार्षिकमा नयाँ फर्म दर्ता तीन हजार ७५८, सवारीको साधन नवीकरण १५ हजार २९३, सवारी नवीकरणको प्रतिलिपी ३०७, वर्ग थपको नयाँ फर्म दर्ता दुई हजार ७०७, वर्ग थपको पास भएका सवारीका सङ्ख्या ५८६ र सवारीको प्रतिलिपी नवीकरण र हस्तान्तरण २९८ रहेको प्रदेश यातायात सेवा कार्यलय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)