बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दर्भ : अन्तराष्ट्रिय महिला दिवस

महिला नेतृत्व परिवारबाट सुरु हुन्छ – अनुपा बुढाथोकी , महाप्रबन्धक ,अन्तर्राष्ट्रिय संस्था सेवर ट्राभल नेटवर्क


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २२, २०७७
  • 1.3K
    SHARES

काठमाडौं, २२ फागुन।

पुख्यौली थलो दोलखा भई स्थायी रुपमा भक्तपुरमा बसोबास गर्दै आउनु भएकी अनुपा बुढाथोकीको परिचय पर्यटन क्षेत्रसँग जोडिएको छ ।

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको दरबारस्वायरमा स्कुलले जीवन बिताउनुभएकी उहाँलाई सुरुका दिनदेखि नै पर्यटनसँग जोडिन्छु भन्ने लागेको थिएन ।

सिवर्ड इन्टरनेशनल कलेज ठिमीबाट उच्च शिक्षा हाँसिल गर्नुभएकी बुढाथोकी नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) रविभवनमा पर्यटन क्षेत्रमा स्नातक तह र सन् २०१४ मा नोभा इन्टरनेशनल कलेज बानेश्वरबाट स्नातकोत्तर तह उर्तिण गर्नुभएको छ ।

पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक क्षेत्रको विकास गर्नुपर्ने विचारका साथ अगाडि बढ्नुभएकी बुढाथोकी पब्लिक युथ क्याम्पस धोवीचौरमा प्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ ।

नेपालमा पर्यटन क्षेत्रमा कार्यरत महिलाहरुको संस्था टुरिजम सिस्टरहुड एशोसियशन अफ नेपालको उपाध्यक्षसमेत रहनुभएकी बुढाथोकी सेवर ट्राभल नेटवर्क नेपालको प्रमुखसमेत हुनुहुन्छ ।

विश्वभरका ट्राभल एजेन्सी, एअरलाइन्स र होटलले प्रयोग गर्दै आएको सफ्वयर उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय संस्था सेवर ट्राभल नेटवर्क नेपालकी महाप्रबन्धक अनुपा बुढाथोकीसँग माउण्टेन खबर डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

 

सेवर ट्राभल नेटवर्क के हो ?

सेवर ट्राभल नेटवर्क विश्वभरमा ट्राभल एजेन्सी, एअरलाइन्स र होटलले प्रयोग गर्दै आएको सफ्वयर उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय संस्था हो । यो नेपालसहित विश्वका झण्डै १६० देशमा फैलिएको छ ।

सेवर ट्राभल नेटवर्कले मात्र नेपालका ट्राभल एजेन्सी, एअरलाइन्स र होटलमा सफ्टवयर प्रदान गर्दै आएको हो त ?

विल्कुलै होइन, नेपालमा सेवर ट्राभल नेटवर्कजस्ता सफटवयर प्रदान गर्ने तीनवटा कम्पनी रहेका छन् । यीनीहरुले ग्राहकको इच्छा र चाहनाअनुसार सफ्टवयर प्रदान गर्दै आएका छन् । दुई दशक पहिला नेपालमा स्थापना भएको सेवर ट्राभल नेटवर्कमा हाल नेपालका एक हजार पाँच सयभन्दा बढी ट्राभल एजेन्सी ग्राहकका रुपमा रहेका छन् ।

सेवर नेटवर्क अन्तर्राष्ट्रिय संस्था हो भन्नुभयो ? यसको मुख्य कार्यालय कहाँ छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, सेवर ट्राभल नेटवर्कको मुख्य कार्यालय अमेरिकाको टेक्सासमा रहेको छ । यसका प्रमुख अमेरिकी नागरिक सेन मेन्के हुनुहुन्छ । मुख्य कार्यालयसँगै सबै महादेशहरुमा यसको क्षेत्रीय कार्यालय रहेको छ । हामी सिङ्गापुरमा रहेको क्षेत्रीय कार्यालयसँग सहकार्य गरेर काम गर्छौँ ।

फरक प्रसङ्गमा जाऔँ, तपाईँ टुरिजम सिस्टरहुड एशोसियशन अफ नेपालको उपाध्यक्ष समेत हुनुहुन्छ  यसले के काम गरिरहेको छ ?

हो, यो संस्था पर्यटन क्षेत्रमा लागेका महिलाको क्षमता अभिवृद्धिका लागि काम गरिरहेको संस्था हो । यो संस्थाको स्थापना भएको तीन वर्षमात्र भयो । यसको अध्यक्ष जिस्वाँ तुलाधर हुनुहुन्छ । हामीले यस संस्थामार्फत नेपालका पर्यटन क्षेत्रमा कार्यरत महिलाहरुको क्षमता अभिवृद्ध र महिला शशक्तिकरणको लागि काम गर्दै आएका छौँ । अहिलेसम्म दुईसयभन्दा बढी  महिलालाई तालिम प्रदान गरिसकेका छौँ । रोजगारी सिर्जना हुने खालको तालिम प्रदान गर्दै छौँ । यस्तै, यो संस्थाले पर्यटन क्षेत्रमा कार्यरत महिला उद्यमीलाई अगाडि बढाउन सहजीकरण गर्दै आएका छौँ भने नयाँ गन्तव्यस्थलको खोजीका लागि महिलालाई जागरुक बनाएका छौँ ।

पर्यटन क्षेत्रमा महिलाले नेतृत्व गर्दा कस्तो समस्या देख्नुभएको छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, महिलाहरुले धेरै भूमिका निभाउनुपर्ने हुन्छ । महिला धेरै भूमिका निर्वाह गरेसँगै पर्यटन क्षेत्रमा लाग्दा समस्या देखिन्छ । महिलाले पर्यटन क्षेत्रमा समय दिन गाह्रो छ । महिला उद्यमीभन्दा पनि जागीर खाने रोलमा मात्र रहेका छन् । महिला आफैँ नेतृत्वदायी भूमिकामा छैनन् ।

नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन के गर्नुपर्छ ?

नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन डिजीटल मार्केटिङलाई जोड दिनुपर्छ । नयाँ पर्यटकीय क्षेत्रको खोजी आवश्यक छ ।  बुद्धको भूमि लुम्बिनी र पाशुपत क्षेत्रको भूमी नेपाललाई योगा र ध्यान पर्यटकमार्फत प्रचारप्रसाद गर्नु आवश्यक छ । यस्तै नेपाललाई धार्मिक क्षेत्रको ग्लोबल सञ्जाल बनाउनुपर्छ । पर्यटनलाई स्पेलाइज गरेर अगाडि बढ्नुपर्छ ।

नेपालमा पर्यटन पढेर बाहिर गएका छन् तीनलाई रोक्न के गर्नुपर्छ ?

नेपालमा हजारौँ पर्यटकीय क्षेत्रहरु छन् । पर्यटन क्षेत्रबाट रोजगारीको सिर्जना गर्ने बाटो अगाडि बढाउनुपर्छ । यस्तै सरकारले पर्यटन क्षेत्रमा अवसर दिएर अगाडि बढ्नुपर्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

महिला नेतृत्व परिवारबाट सुरु हुन्छ । छोरीलाई कति शिक्षा दिने कस्तो बनाउने भन्ने हात परिवारका सदस्यमा रहेको छ । परिवारले छोरीलाई कस्तो बनाउने भन्ने उप्रेरणा दिनुपर्छ । छोरी मान्छेले आफुले आँट गर्नुपर्ने हुन्छ । यसलाई आत्मासाथ गरे राम्रो हुन्छ ।

धन्यवाद !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }