मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डोनेसियाको तेल प्रशोधन केन्द्रमा भीषण आगलागी


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 462
    SHARES

१६ चैत्र, काठमाडौं । इन्डोनेशियाको जाभा प्रान्तमा रहेको तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ।

सरकारी स्वामित्वमा रहेको पेर्तामिना तेल उद्योगले सञ्चालन गरेको बालोन्गान प्रशोधन केन्द्रमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार सोमबार बिहान पौने १ बजेदेखि सुरु भएको आगो अहिले पनि निभ्न सकेको छैन । अग्निनियन्त्रकहरु आगो निभाउन प्रयासरत छन् ।

कम्तीमा पाँचजना घाइते भएका छन् भने झण्डै ९५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिस बेपत्ता रहेको स्थानीय

अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)