बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पित्तथैली पत्थरीको उपचार कुनैपनि औषधीले सम्भव छैन : डा राकेशकुमार साह ग्राण्डी अस्पताल धापासी


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 910
    SHARES

पित्तथैली भनेको पाचन प्रणालीमा कलेजोबाट निस्केको पित्तलाई भण्डारण गर्ने काम गर्दछ । पित्तथैलीभित्र विभिन्न कारणले ढुङ्गा बन्ने गर्दछ । उक्त ढुङ्गा बन्ने प्रक्रिया नै पित्तथैलीको पत्थरी हो । पित्तथैली के हो, यसका उपचारका विधि के हुन सक्छ, पित्तथैलीको पत्थरी हुन नदिन के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा सात वर्षदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा राकेशकुमार साह । डा साहले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस उर्तिण गर्नुभएको छ । उहाँले एमएस सर्जरी पोष्ट ग्याजुएट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च चण्डिगढ भारतबाट र एमसिएच एचपिविएण्ड ग्यास्टोसर्जरी पोष्ट ग्याजुएट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च चण्डिगढ भारतबाटै गर्नुभएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका एचपीबी तथा ग्यास्ट्रो तथा वेरियाट्रिक सर्जनसमेत रहनुभएका उहाँले उक्त अस्पतालमा आन्द्रा तथा पाचन प्रणालीसम्बन्धि सम्पूर्ण उपचार गर्दै आउनुभएको छ । पित्तथैली के हो र यसको उपचार विधि के हुनसक्छ भन्ने बारेमा उनै डा साहसँग गरिएको कुराकानीको सम्पादित अंश ।

पित्तथैलीको पत्थरी के हो ?

पित्तथैली भनेको पाचन प्रणालीमा कलेजोबाट निस्केको पित्तलाई भण्डारण गर्ने काम गर्दछ । पित्तथैलीभित्र विभिन्न कारणले ढुंगा बन्ने गर्दछ । जसलाई हामीले पित्तथैलीको पत्थरी भन्छौँ । यो मोटामोटी ३ प्रकारको हुन्छ ।
पहिलो : कोलेस्ट्रोल स्टोन
दोस्रो : पिगमेन्टेड स्टोन
तेस्रो : मिश्रित स्टोन

पित्तथैली पत्थरीको लक्षणहरु के के हुन् ?

साधरणतयः १० देखि १५ प्रतिशत पित्तथैलीमा पत्थरी भएको विरामीमा मात्रै लक्षणहरु देखिन्छन् । अरु विरामीमा पित्तथैलीमा पत्थरी भएपनि खासै कुनै लक्षण नदेखिन सक्छ । मुख्य लक्षणहरु भनेको पेट दुखाई, अमन्न हुने, वान्ता आउने, डकार आउने, माथिल्लो पेट र शरिरको पछाडिको भाग दुख्ने, ढाडको पातोमा दुख्ने गर्छ । विशेषत चिल्लो खानेकुरा खाएपछाडि दुखाई बढी हुने केही विरामीहरुलाई कमलपित्त (जण्डिस) पनि हुने गर्दछ ।

यसका कारणहरु के के हुन् ?

मुख्यतः यही एउटा कारण हो भनेर भन्न सक्ने अवस्था छैन । तथापी हर्मेन्स, वंशाणुगत, धेरै बेरसम्म उपवास बस्ने, मोटोपना, थोरै समयमा थेरै वजन कम गर्ने आदी कारणहरु हुन् । यो रोग प्रायजसो ३० देखि ४० वर्षका वयस्क महिलाहरुमा धेरै देखिने गरेको छ ।

यसको जटिलताहरु के के छन् ?

पित्तथैलीको संक्रमण
पित्तनलीमा पत्थरी अड्कीनु जसले गर्दा कमलपित्त र शरिरमा संक्रमण फैलिने डर हुन्छ ।
अग्नाश्य सुनिनु
जो आफैँमा ज्यानलाई खतरा हुने रोग हो ।
पित्तथैलीको क्यान्सर
पित्तथैलीको पत्थरी पित्तथैलीको क्यान्सरको प्रमुख कारक तत्व हो ।

यसको उपचार विधि के हुन सक्छ ?

पित्तथैलीको पत्थरीको एउटै उपचार विधि भनेको पित्तथैलीको शल्यक्रिया नै हो । शल्यक्रियाको अर्को विकल्प छैन । यो शल्यक्रिया दुई किसिमले गर्न सकिन्छ ।
१) दुर्विनको प्रयोगबाट
२) चिरेर

पित्तथैलीको पत्थरीको साइजले के फरक पर्छ ?

पित्तथैलीमा भएको पत्थरीको साइजले जटिलता धेरै ल्याउन सक्छ । तर, जति नै साइजको भएपनि मुख्य उपचार भनेको पित्तथैलीको अप्रेसन नै हो । साइजको आधारमा अप्रेसन गर्न सकिन्छ की सकिदैन भनेर निक्यौल गर्न सकिँदैन । धेरैजसो बेलामा सानोसानो पत्थरीले धेरै जटिलता उब्जाइराखेको हुन्छ । त्यसैले हामीले साइजको आधारमा भन्दापनि पित्तथैलीमा पत्थरी भएपछि (जुनसुकै साइज)मा पनि उपचार गर्न सुझाव सुझाव दिन्छौँ ।

पित्तथैलीको शल्यक्रियापछाडि खान नपच्ने समस्या हुन्छ की हुँदैन ?

पित्तथैलीको शल्यक्रिया पछाडि खान नपच्ने समस्या हुँदैन । बरु पित्तथैलीको शल्यक्रियापछाडि मजाले जे पनि खान सकिन्छ ।

शल्यक्रिया पछाडि दिशा नरोकिने समस्या हुन सक्छ ?

हुँदैन । यो गलत बुझाई हो ।

औषधीले पित्तथैलीको पत्थरीको उपचार गर्न सम्भव छ ?

अहिलेसम्मको अनुसन्धानले के पत्ता लगाएको छ भने पित्तथैलीको पत्थरीको उपचार कुनैपनि औषधीले सम्भव छैन । यसको एउटै उपचार शल्यक्रिया नै हो ।

के पानी धेरै पिउँदैनमा पित्तथैलीको पत्थरी निकाल्न सकिन्छ ?

अहिलेसम्मको अनुसन्धानमा यो कुरा पत्ता लागेको छैन । तथापी पानी धेरै खानु आफैँमा राम्रो कुरा हो ।

पित्तथैलीका विरामीलाई विज्ञका रुपमा के सल्लाह दिनुहुन्छ ?

पित्तथैलीको पत्थरी औषधी प्रयोग गरेर निको नहुने भएकाले यसका विरामीले चाँडो भन्दा चाँडो सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको सल्लाह लिनु उचित हुन्छ । पित्तथैलीको पत्थरीको कारणले धेरै रोगीमा लक्षण नदेखिएपनि यसले पछि विभिन्न जटिलता ल्याइदिन सक्छ । त्यसकारणले चाँडो भन्दा चाँडो सम्बन्धित विशेषज्ञ डाक्टरसँग सल्लाह लिनुपर्दछ ।

पित्तथैलीमा पत्थरी हुन नदिन के गर्न सकिन्छ ?

हुनतः कुनै उपायले पुरै रोक्न सकिन्छ भन्ने त होइन तर मोटोपन हुन नदिने, लामो समयसम्म खाली पेट नबस्ने, धेरै चिल्लो नखाने, नियमित व्यायम गर्नेले यसलाई हुन नदिन टेवा पुग्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नियमित स्वास्थ्य परिक्षण गराउने, सन्तुलित आहार विहार लिने, व्यायाम गर्ने, केही अफ्ठयारो महसुस भए तुरुन्त चिकित्सककोमा जान सल्लाह दिन्छु ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }