शुक्रबार, बैशाख २१, २०८१

स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही हुँदैन, अस्वीकार गर्छुः नेता नेपाल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 716
    SHARES

काठमाडौं, १७ चैत्र

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई पार्टीबाट गरिएको निलम्बनलाई अस्वीकार गरेकाे बताएका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीको साधारण सदस्यता समेत नरहने गरि नेता नेपाल र भिम रावललाई निलम्बन गरेका छन्। नेता नेपालले स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएकोले निलम्बनलाई अस्वीकार गर्ने बताएका हुन्।

नेपालले विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको समेत प्रतिक्रिया दिएका छन्।

उनले आज फेसबुकमार्फत् आज एक स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आफूलाई गरेको कारबाही अस्वीकार गर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा ९एमाले० हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतस् निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’यो समाचार नागरिक दैनिकमा छ

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }