शुक्रबार, बैशाख २१, २०८१

सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएका सुवेदीविरुद्ध पाँच वटा उजुरी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 406
    SHARES

१७ चैत्र, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेका छन्।

संसदीय सुनुवाइ समितिले दश दिनको अवधि दिएर सार्वजनिक रुपमा गरेको आह्वान गरेअनुसार सुवेदीविरुद्ध योग्यतामाथि प्रश्न  उठाउँदै उस्तै व्यहोराका उजुरी दर्ता भएको हो।

समितिमा सर्वोच्चकै न्यायाधीशमा सिफारिस पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा उजुरी दर्ता भएका छन्। चुडालविरुद्ध परेका उजुरी मुद्दा फैसला गर्दा पैसा लिएर भ्रष्टाचार गरेको आरोप लगाइएको सुनुवाइ समिति स्रोतले जानकारी दियो।

सुवेदीविरुद्ध उजुरी दिनेमा सबै कानुन व्यवसायी पृष्ठभूमी भएका व्यक्ति रहेका छन्। त्यसमध्ये एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालनको न्यायाधीश हुनका लागि संविधानको धारा १२९ (५) ले तोकेका चार मध्ये कुनै पनि योग्याता सुवेदीसँग नभएको दाबी गर्नुभएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }