सोमवार, बैशाख २४, २०८१

पूर्व सैनिकको हितका लागि भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 540
    SHARES

१७ चैत्र, काठमाडौं । भूतपूर्व सैनिकहरुको हित, सेवा सुविधा र गुनासाहरुको सम्बन्धमा धारणा बनाउनका लागि गरिने भूतपूर्व सैनिक सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले गरिरहेका विभिन्न काम, कारबाहीको बारेमा अवकाशप्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपू सैनिक र उहाँहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपू सैनिक गर्दै आएको छ । सम्मेलनमा भूपू सैनिकका आवश्यकताहरु पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गर्ने विभिन्न योजना र कार्यक्रमहरुको नीति तय गर्ने र उहाँहरुको गुनासो, पिरमर्का, राय र सुझाव संकलन गरि नीति निर्माण गरिने हुँदा सम्मेलन प्रभावकारी हुने गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले बताउनुभयो ।

नेपाली सेनाले नेपाली सेना सैनिक कल्याणकारी बोर्ड अन्र्तगत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरुको तथ्यांक संकलन गर्ने र सम्पर्कमा रहिरहने गरेको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो । प्रत्येक जिल्लामा भूपू सैनिक फोकल पर्शन नै तोकेर जिल्ला भरिका अवकास प्राप्त सैनिकहरुसँग सम्पर्कमा रहने गरिएको पनि उहाँको भनाई छ । भूपू सैनिक सम्मेलनमा भूपू सैनिकहरुले शिक्षामा अहिले भइरहेको संरचनालाई बिस्तार गरेर थप गर्दै लानुपर्ने सुझाव दिने गरेका छन् । त्यसैगरी स्वास्थ्यको क्षेत्रमा सेवा, सुविधा, आवश्यकता तथा समस्याको बारेमा सुझाव दिनुका साथै स्वरोगार बन्नको लागि तालिम र ऋण सहयोग लगायतको कुरामा माग गर्ने गरेको नेपाली सेनाका प्रवक्ता पौड्यालले बताउनुभयो ।

यस वर्षको भूपू सैनिक सम्मेलनमा एकै परिवारबाट ४ जना भन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका आमा–बुबालाई सम्मान पनि गरिने भएको छ । यसअघि भूतपूर्व सैनिक सम्मेलनमा आएका सुझावका आधारमा नेपालगञ्ज, इटहरी र पोखरामा ३ वटा क्षेत्रिय अस्पतालको निर्माण गरिएको तथा धनगढी र बर्दिवासमा पनि अस्पताल निर्माणको तयारी गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले बताउनुभयो । भूतपूर्व सैनिक सम्मेलनमा आउने पृष्ठपोषणको आधारमा आगामी दिनमा नयाँ कार्यक्रम बनाउने, नीति निर्माण गर्ने, सुविधा, सहुलियतहरुलाई परिमार्जन गर्ने र स्वीकृत गराएर कार्यान्वयन गर्ने काम गरिने उहाँको भनाई छ ।

नेपाली सेनाले गर्दै आएको भूतपूर्व सैनिक सम्मेलन केही समय रोकिएको थियो । २०७० साल असोजमा नेपाली सेना कल्याणकारी बोर्ड गठन भएपश्चात् भूतपूर्व सैनिक सम्मेलनको निरन्तरता हुन थालेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }