आइतवार, बैशाख २३, २०८१

बरिष्ठ वामपन्थी नेता मानन्धरको पशुपति आर्यघाटमा अन्त्यष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 409
    SHARES

१७ चैत्र, काठमाडौं । बरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

बरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो । उहाँको अन्यष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाइ गर्नुभएको थियो ।

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भुमिका रहेको छ । मानन्धर लामो समयसम्म नेकपा(संयुक्त)को महासचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }