आइतवार, बैशाख २३, २०८१

मन्त्री आलेद्वारा दु:ख व्यक्त


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 559
    SHARES

१७ चैत्र, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो ।

मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट समेत गर्नुका साथै उनको शव कैलाली लैजानका लागि रु ५० हजार आर्थिक सहयोगसमेत थियो लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।

उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उनका घरपरिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक थिए । उनको शव अहिले कैलाली लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }