आइतवार, बैशाख २३, २०८१

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोरोनाविरुद्धको खोप उपहार


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 516
    SHARES

१७ चैत्र, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहारस्वरुप प्रदान गरेको छ।

गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात फेरि पनि भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरेको हो ।

भारतले अबलम्बन गरेको ‘छिमेकी पहिलो’को नीति अन्तर्गत भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजना गरिएको एक समारोहकाबीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गर्नुभएको थियो ।

सोमबार बेलुकी भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत श्री विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }