आइतवार, बैशाख २३, २०८१

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 662
    SHARES

१७ चैत्र, कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

“हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिएपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक संरक्षण अधिकृत चौधरीले भने, “राति घाइते बाघको मृत्यु भयो ।” मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ ।

“शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ”, उनले भने, “अहिले हामी अनुसन्धान गर्दैछौँ ।” उनले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताए । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }