आइतवार, बैशाख २३, २०८१

शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 461
    SHARES

काठमाडौं, १७ चैत्र
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उहाँको निवासमा पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताउनु भएको हो । विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने पनि बताउनुभयो । कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुङ्गो नलागेको भएपनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने बताउनुभयो । शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गरिने पनि बताउनुभयो ।

शताब्दी पुरुष जोशीले राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिन मन्त्रीलाई पठाउनु भएकोमा आभार व्यक्त गर्नुभयो । सरकारले आफ्नो नाममा विद्यालय खोल्न लागेकोमा हर्ष लागेको पनि बताउनुभयो ।

शताब्दी पुरुष जोशीले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै कुनै समस्या परेको बेला भन्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }