बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बच्चालाई अन्दाजको भरमा औषधी खुवाउनु हुँदैन


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 1.9K
    SHARES

– डा सञ्जय राज थापा
बालरोग विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी

बच्चालाई जुनसुकै रोगको समस्या हुनुलाई बालरोग भनिन्छ । बच्चाहरुलाई के रोग लागेको छ भन्ने बारेमा बच्चाहरु बोल्न नसक्दा रोगको पहिचान गर्न गाह्रो हुन्छ । बच्चाहरुको रोग लागेको छ की छैन भन्ने कुरा उनीहरुको जीवनयापन परिवर्तनसँगै थाहा हुन्छ । बच्चा रोएर, नखाएर, रहनसहन परिवर्तन हुनु नै बालरोग हो । बच्चाहरु आफ्नो रोगको बारेमा सजिलै भन्न नसक्ने भएकाले डाक्टरलाई पनि बालरोगको बारेमा पहिचान गर्न गाह्रो हुन्छ । वयस्क र वृद्धवृद्धाजस्तो बालरोगको उपचार चुनौतीपूर्ण छ । बालरोग के हो, यसको उपचार कसरी सम्भव छ भन्ने बारेमा विगत आठ वर्षदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा सञ्जयराज थापासँग हामीले कुराकानी गरेका छौँ ।

डा सञ्जयले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलबाट एमविविएस तहको अध्ययन पुरा गर्नुभएको छ । उहाँले अल इण्डिया इन्सच्यूट अफ मेडिकल साइसेन्समा एमडी र दम तथा एलर्जी फेलोसिप बेलायतबाट पुरा गर्नुभएको छ । ग्राण्डीको स्थापनाकालदेखि नै बालरोग विशेषज्ञका रुपमा कार्यरत डा थापाले ग्राण्डीमा रहेर हजारौँ बालबालिकाको उपचार गरिसक्नुभएको छ । बालरोग र यसको उपचारका बारेमा उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश ।

बालरोग के हो ?

बच्चाहरुलाई हुने जुनसुकै समस्या बालरोग हो । अरु समयको भन्दा बच्चाहरुमा हुने जीवनयापन परिवर्तन हुनु बालरोगको लक्षण हो । बच्चा रोएर, नखाएर, रहनसहन परिवर्तन हुनु नै बालरोगको मुख्य लक्षण हो । बच्चाहरु बोल्न नसक्ने भएकाले बच्चाको स साना रोगहरु थाहा नहुने समेत हुन्छ ।

बालरोग भए नभएको कसरी थाहा पाउने ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, मैले अघि नै भनिसँके । बच्चाहरुको रोग लागेको छ की छैन भन्ने कुरा उनीहरुको जीवनयापन परिवर्तनसँगै थाहा हुन्छ । बच्चा रोएर, नखाएर, रहनसहन परिवर्तन हुनु नै बालरोग हो । बच्चाहरु आफ्नो रोगको बारेमा सजिलै भन्न नसक्ने भएकाले डाक्टरलाई पनि बालरोगको बारेमा पहिचान गर्न गाह्रो हुन्छ । बच्चाको स साना रोगहरु थाहा नहुने हुन्छ । बच्चालाई रोग नहुँदापनि तीन महिना वा ६ महिनामा जचाईँरहनुपर्छ । जसले गर्दा बच्चाहरुलाई कुनै रोग लागेको छ वा छैन भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ ।

कस्तो रोग लागेका बच्चाहरु बढी अस्पताल आउने गरेका छन् ?

विशेषत ग्राण्डी अस्पतालमा पिसाबको समस्या भएका बच्चाहरु बढी मात्रामा आउने गरेका छन् । प्रविधिको विस्तारसँगै अहिले हरेक वच्चाहरु मोबाइलको पहुँच नजिक रहेका छन् । उनीहरुले मोबाइल चलाएर विभिन्न खेल खेल्दा वा कार्टुन हेर्दा दिशा वा पिसावका लागि चर्पी जान विर्सेका हुन्छन् । जसले गर्दा मुत्रथैलीहरु सुनिन्ने वा पिसावसम्बन्धी रोगहरु लाग्ने गरेको पाईन्छ ।

बच्चाहरुलाई कसरी जचाउँदा राम्रो हुन्छ ?

बच्चाहरुलाई जन्मेको पहिलो तीन महिनामा हरेक महिना अस्पताल वा स्वास्थ्य केन्द्रमा लगेर चेकजाँच गर्नु राम्रो हुन्छ । तीन महिना पछाडिपछि एक वर्षसम्म प्रत्येक तीन महिनामा र एक वर्ष नाघेपछि प्रत्येक ६ महिनामा अस्पताल वा स्वास्थ्यकेन्द्र लैजानु उपयुक्त हुन्छ ।

बच्चाहरुलाई कस्ता समस्या बढी देखिने गरेको छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो, हाम्रो जस्तो देशका बच्चाहरुलाई सामान्य निमोनियाबाट हुने मेनिनजाइटिस, हातखुट्टा नचल्ने, भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने समस्या बढी हुने गरेको छ ।

यसबाट बच्न के गर्ने त ?

निमोनियाबाट बच्न खोपमा ध्यान दिनु उपयुक्त हुन्छ । अन्दाजको भरमा औषधी खुवाउनु हुँदैन । बच्चाहरुको रोग बारम्बार बल्झन हुन सक्छ । यस्तो भएमा सम्बन्धित चिकित्सककोमा लगेर उपचार गर्नु राम्रो हुन्छ । साधारण रुघाखोकी भनेर हेलचक्राईँ वा जथाभावी रुपमा औषधी लिएर खाँदा समस्या हुने हुन्छ । बच्चाहरुको तौलअनुसार एन्टिवायटिक औषधी चलाउने हुँदा सोहीअनुसार नै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

बच्चालाई स्वास्थ्य राख्न के कुराको सुझाव दिनुहुन्छ ?

बच्चालाई स्वास्थ्य राख्न पहिलो कुरा त बच्चाको खानपान र सरसफाईमा ध्यान दिनुपरो । बच्चा विरामी भयो भने बच्चाकै डाक्टरलाई देखाउनुपर्छ । अन्दाजको भरमा औषधी दिँदा बच्चाहरुलाई समस्या हुन सक्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

बच्चामा हुने रोग जो कोहीले पहिचान गर्न गाह्रो हुन्छ । यदि बच्चालाई जुनसुकै रोगले आक्रमण गरिहाल्योभने बालरोग विशेषज्ञलाई नै देखाउनु राम्रो हुन्छ । अन्दाजको भरमा औषधी सेवन नगरौँ ।
धन्यवाद

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }