आइतवार, बैशाख २३, २०८१

एकैपटक हराएका सात जना बालबालिका भारतको सितमढीमा भेटिए


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 1.2K
    SHARES

१८ चैत्र, महोत्तरी । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका र किशोरीहरु भारतको सीतमढीमा भेटिएको भङ्गाहा नगरपालिकाका मेयर संजिव सिंहले बताउनुभएको छ।

मङ्गलबार दिउँसो महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी बेपत्ता भएका थिए।

उनीहरु भारतको सीतामढीमा भेटिएको र नेपाल ल्याउने तयारी भइरहेको मेयर सिंहले जानकारी दिनुभयो ।

त्यस्तै महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले हराइरहेकाहरु सबै सीतामढीमा भेटिएको अपुष्ट खबर प्राप्त भएको बताउनुभयो । खबर पाएलगत्तै नेपाल प्रहरीको टोली सीतामढी प्रस्थान गरेको बताउनुभयो ।

धर्मपुरको दलित बस्तीका घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन भएका सातमध्ये नगिनास कृष्णा पासवान, सीमास देवनन्दन पासवान, ज्योतिस बिसुन पासवान, रियास ज्ञानकुमार पासवान र रचनास अरविन्द पासवानका छोरी भएको खुलेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }