आइतवार, बैशाख २३, २०८१

पहिलो प्राथमिकतामा परेकालाई दोस्रो डोजको खोप वैशाख ७ गतेदेखि


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 401
    SHARES

काठमाडौं, १७ चैत्र

सरकारले पहिलो प्राथमिकतामा परेकाहरूलाई दोस्रो डोजको खोप आउँदो वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले उक्त जानकारी दिएको हो ।

पहिलो प्राथमिकतामा परेका ४ लाख ५० हजार जनाले खोपको दोस्रो डोज लगाउने महाशाखा प्रमुख डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । पहिलो प्रथमिकतामा परेका स्वास्थ्यकर्मी, सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मी, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, कैदीबन्दी, अस्पताल तथा शव व्यवस्थापनमा खटिने कर्मचारी, दीर्घरोगी लगायत व्यक्तिलाई खोपको दोस्रो मात्रा लगाइनेछ ।

पटक पटक सञ्चालन भएको अभियान मार्फत हालसम्म देशको कुल जनसंख्यामध्ये ५ दशमलव ६ प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }