बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 435
    SHARES

३० चैत्र, रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ।

अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमका अनुसार प्यूठान स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देही तिलोत्तमा–१ की ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो।

उनको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ः२३ बजे मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

दुवै जनामा निमोनियाको समस्या रहेको गौतमले बताए। यसअघि बुटवलमा आइतबार पनि नवलपरासीका एक संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो समय रूपन्देहीमा कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ।

शनिबारसम्म रूपन्देहीमा २० जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)