आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०८३
  • 64
    SHARES

काठमाडौं –  विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको आधिकारिक पुष्टि भएको छ।

 

 

 

हिमपहिरोपछि उनीसहित अन्तर्राष्ट्रिय आरोहीहरूको टोली सम्पर्कविहीन भएको थियो। प्रतिकूल मौसमका बीच पाकिस्तानका उद्धार टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए।

निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा असाधारण कीर्तिमानका लागि परिचित थिए। उनले सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाललाई कीर्तिमानी समयभित्र आरोहण गरी अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान बनाएका थिए।

उनको निधनसँगै नेपालले एक साहसी र प्रेरणादायी पर्वतारोही गुमाएको छ। उनीप्रति विश्वभरका पर्वतारोही, शुभेच्छुक तथा नेपालीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)