बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १, २०७८
  • 412
    SHARES

१ बैशाख बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९:५० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि चैत ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएको उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको उनले बताए ।

ओलीका अनुसार योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)