बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेशसभा बैठकबाट आज विश्वासको मत लिदै मुख्यमन्त्री शाही


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 752
    SHARES

सुर्खेत,३ बैशाख

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने हुनु भएको छ ।

सत्ता साझेदार नेकपा एमालेले प्रदेशसभा सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा पर्नु भएको थियो । आफ्नो सरकार अल्पमतमा परेपछि संविधानमा भएको व्यवस्था बमोजिम मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसके अर्को सरकार गठन प्रकृया शुरु हुने छ ।

सरकारबाट बाहिरिएको एमालेले विश्वासको मत नदिने लगभग पक्का देखिन्छ ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)