बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 41
    SHARES

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपिल गर्नुभएको छ।

आज जारी अपिलमा राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ।

राष्ट्रपतिले घटनापछि उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई शान्ति–सुरक्षा र जनजीवनलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले कठिन परिस्थितिमा पनि सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकतालाई कायम राख्न सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षलाई आग्रह गर्नुभएको छ।

अपिलमा घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहँदै आएको नेपाली समाजको सामाजिक, धार्मिक र जातीय सद्भाव तथा सहिष्णुतालाई राष्ट्रको पहिचानका रूपमा संरक्षण गर्दै शान्ति र राष्ट्रिय एकता सुदृढ बनाउन सबैलाई पुनः आह्वान गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)