बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 709
    SHARES

३ बैशाख, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा रुसी जासुसीको हात रहेको आरोप अमेरिकाले लगाएको छ । यस्तै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाको छ ।

युरोपेली संघ, नेटो र बेलायतले अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धको समर्थन गरेका छन् ।

यद्यपि रुसले अमेरिकाले लगाएका आरोपहरु अस्वीकार गर्दै त्यसको प्रतिउत्तर दिने जनाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धको निर्णय खतरनाक भन्दै त्यसले तनाव बढाउने उल्लेख गरेको छ ।

यसअघि गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई विष दिएर मार्न खोजेको आरोपमा अमेरिकाले सात जना रुसी अधिकारी र एक दर्जन बढी संस्थाहरुलाई पनि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)