बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० लाख नाघ्यो

१४ करोड बढी संक्रमित


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ५, २०७८
  • 517
    SHARES

काठमाडौं ५ बैशाख

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड नाघेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ७ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले पछिल्लो समय कोरोना भाइरसको संक्रमण अहिलेसम्मको उच्च भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आधानमले लगातार बढिरहेको संक्रमण दर र मृत्युदरले चिन्तित बनाएको बताउनु भएको छ । भारत दोस्रो लहरको संक्रमण झेलिरहेको छ । जहाँ दैनिक संक्रमण २ लाख ६० हजार नाघेको छ ।

युरोपेली मुलुकहरु संक्रमणको तेस्रो लहर भोगिरहेका छन् । अमेरिकामा संक्रमण केही घटेको छ । अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरुमा पनि संक्रमण पछिल्लो समय बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)