बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 325
    SHARES

७ बैशाख, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पीसीआर परिक्षणमा कोनोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका गोरखा भिमसेनथापा गाउँपालिका –१ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत चैत २८ गते कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय व्यक्तिको होम आइसोलेसनमा नै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

कोरोना संक्रमित ब्याक्तिको फोक्सोको दुईवटा भागमा निमोनिया र सेप्टिक सकको समस्या देखिएको उनले बताए ।

केही समयदेखि गण्डकी प्रदेशमा कोरोना संक्रमण उच्च रुपमा वृद्धि भएपछि संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न थालेको छ । सोमबार पनि पोखरामा एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)