बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जथाभावी सार्वजनिक स्थलमा नथुक्न प्रशासनको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 452
    SHARES

७ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो ।

प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ । विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ ।

पिसिआर परीक्षणका लागी स्वाव दिएपछि हिँडडुल नगर्न र स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ । त्यस्तै अब बसमा चढ्दा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाई बसमा गएमा यात्रुले १० रुपैयाँ तिरेर सहचालकसँग मास्क किन्नुपर्ने नियम प्रशासनले लागू गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)