बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाराष्ट्र अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा ११ बिरामीको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 438
    SHARES

८ बैशाख, काठमाडौं । महाराष्ट्रको नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिएको छ । यसघटनामा हालसम्म ११ जना बिरामीको मृत्यु भएको र कम्तिमा ३५ जना बिरामीको अवस्था नाजुक रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले पुष्टि गरेका छन् ।

अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा थिए । अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो ।

भारतीय मिडियाका अनुसार ट्यांकबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो । हाल उक्त समस्या हल गरिएको छ । यसका कारण २० किलो तरल अक्सिजन बर्बाद भएको थियो । घटनाबारे अस्पतालको साथै जिल्ला प्रशासनले जाँच शुरु गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)