१२ बैशाख, कैलाली । कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
आईसीयूमा उपचाररत उनको आइतवार बिहान साढे ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या थियो । उनलाई यही वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो ।
