बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन साढे तीन लाख संक्रमित भेटिए


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 336
    SHARES

१३ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण डरलाग्दो रफ्तारमा बढ्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतमा आइतबारमात्र साढे तीन लाखभन्दा बढी संक्रमित पाइएका छन् ।

भारतमा विगत २४ घण्टामा तीन लाख ५४ हजार ५३३ नयाँ संक्रमित फेला परेको जनाइएको छ । विश्वको कुनै पनि देशमा एकैदिन फेला परेका संक्रमितको यो नै सबैभन्दा ठुलो संख्या हो ।

भारतमा कोरोना संक्रमणका कारण विगत २४ घण्टामा दुई हजार ८०६ जनाको मृत्यु भएको छ । आइतबार दुई लाख १८ हजार ५६१ जना संक्रमणमुक्त भएको बताइएको छ ।

भारतमा हालसम्म संक्रमितको संख्या एक करोड ७३ लाख पुगेको छ । तीमध्ये एक करोड ४२ लाख संक्रमणमुक्त भएका छन् । भारतमा कोरोना संक्रमणको कारण एक लाख ९५ हजार मानिसको मृत्यु भइसकेको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या २८ लाख नाघेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)