बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना जोखिम बढेपछि बंगालदेशले गर्यो भारतसँगको नाका सिल


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 340
    SHARES

१४ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो।

नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ।

बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो।

पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ। सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)