बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तराष्ट्रिय सम्बन्धमा हस्तक्षेप नगर्न चीनलाई ताइवानको चेतावनी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 925
    SHARES

१६ बैशाख, काठमाडौं । ताइवानले कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र रहेको र यसमा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिएको छ ।

कुनै पनि मुलुकसँग सम्बन्ध कायम गर्न आफू स्वतन्त्र मुलुक रहेको ताइवानको विदेश मन्त्रालयले बताएको बताएको छ । साथै अन्य मुलुकसँग ताइवानको सम्बन्धमाथि हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको पनि विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

अमेरिकाले ताइवानमा पृथकतावादी गतिबिधिमा सहयोग रोक्नु पर्ने चिनियाँ विदेशमन्त्री वाङ यीको टिप्पणीपछि ताइवानको यस्तो भनाइ सार्वजनिक भएको हो ।
वाङ ले अमेरिकाले चीनको राजनीतिक प्रणालीमा चासो नदिन र ताइवानको स्वतन्त्रताका लागि पृथकतावादी गतिबिधिलाई सहयोग रोक्नुपर्ने टिप्पणी गरेका थिए ।

चीनको यस्तो टिपपणीपछि ताइवान विदेश मन्त्रालयले अन्य मुलुकहरुसँग ताईवानको सम्बन्धमा हस्तक्षेप गर्न चीनको कुनै अधिकार नरहेको र ताइवानमा लोकतान्त्रिक रुपमा निर्वाचित सरकारले मात्र अन्तर्राष्ट्रिय स्तरमा जनताको प्रतिनिधित्व गर्ने बताएको हो ।

विश्वमा ताइवानको उपस्थितीलाई चीनको दमनले कुनै फरक नपर्ने विदेश मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)