बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन भेटिए ३ लाख ८२ हजार भन्दा बढी संक्रमित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २२, २०७८
  • 627
    SHARES

२२ बैशाख, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।

यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । यो पनि एक रेकर्ड हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)