बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा पेट्रोल र डिजेलको मुल्यमा वृद्धि


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २२, २०७८
  • 671
    SHARES

२२ बैशाख, काठमाडौं । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)