बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २३, २०७८
  • 434
    SHARES

२३ बैशाख, काठमाडौं । भारतको राष्ट्रिय लोकदल (आरएलडी) का प्रमुख र पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान निधन भएको छ । ८२ वर्षका चौधरी अजित सिंहले गुडगावको एक नीजि अस्पतालमा अन्तिम सास फेरे । उनी २० अप्रिलदेखि कोरोनाद्वारा संक्रमित थिए । फोक्सोमा संक्रमण भएका कारण उनलाई निमोनिया भएको थियो । पछिल्लो दुई दिनदेखि उनको स्थिति गम्भीर थियो । उनका छोरा चौधरी जयंत सिंहले सोसल मिडियामा यसको जानकारी दिए।

जाट समुदायका ठूला नेता थिए चौधरी अजित सिंहः

अजित सिंहको दबदबा पश्चिमी उत्तर प्रदेशमा निकै धेरै थियो । उनी जाट समुदायका ठूला नेता मानिन्थे । उनी थुप्रै पटक केन्द्रीय मन्त्री पनि रहेका थिए । तर पछिल्लो २ लोकसभा चुनाव र २ विधानसभा चुनावका बेला राष्ट्रिय लोकदलको ग्राफ तीब्र रुपमा खस्कियो । यसै कारण अजितले लोकसभा चुनाव हारेका थिए । अजित सिंहका छोरा जयन्त चौधरीले पनि मथुरा लोकसभा सिटबाट चुनाव हारेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)