शनिबार, बैशाख २९, २०८१

राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई ऋणपत्र जारी गर्न स्वीकृति


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 836
    SHARES

काठमाडौं, २८ वैशाख

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ऋणपत्र जारी गर्न अनुमति दिएको छ । बोर्डले वैशाख १६ गते प्रभु बैंक र वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।

योसँगै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपियाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न पाउँने भएको छ । बैंकलाई बोर्डले प्रतिकित्ता १ हजार रुपैयाँ दरले कुल २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । यसमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला हुनेछ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरको ‘आरबीबीएल डिबेन्चर २०८३’ जारी गर्न लागेको हो । ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

त्यस्तै प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । योसँगै बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ४० लाख कित्ता ऋणपत्र बिक्री गर्ने छ । यसमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी २४ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

बैंकको ऋणपत्रको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ‘प्रभु बैंक डिबेन्चर–२०८७’ जारी गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }