शनिबार, बैशाख २९, २०८१

८९ हजार ८ सय ७९ ऋणीको पहुँचमा सहुलियतपूर्ण कर्जा


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 659
    SHARES

काठमाडौं, ५ जेठ 

८९ हजार ८ सय ७९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उनीहरुले १ खर्ब ४२ अर्ब २ करोड रुपैयाँ कर्जा लिएका छन् । राष्ट्र बैंकले उद्यमशीलता विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले यो कर्जा कार्यान्वयनमा ल्याइएको हो ।

त्यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४ सय ४७ ऋणीले ९६ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका छन् भने महिला उद्यमशील कर्जा अन्तर्गत ४५ हजार १ सय २८ महिला उद्यमीले ४२ अर्ब १६ करोड रुपैयाँ कर्जा लिएका छन् । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ४ ऋणीले ३ अर्ब २६ करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले ल्याइएको पुनरकर्जा अन्तर्गत पनि चैत मसान्तमा १ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ लगानी भएको छ। पुनरकर्जा कार्यविधि, २०७७ बमोजिम २०७७ चैत मसान्तसम्ममा ग्राहक मूल्यांकनमा आधारित पुनरकर्जा ३ सय १० ऋणीले ४३ अर्ब १९ करोड र एकमुष्ठ प्रदान गरिने पुनरकर्जा ४८ हजार ५ सय ५० ऋणीले ९२ अर्ब ३८ करोड र लघुवित्त वित्तीय संस्थामार्फत एकमुष्ठ प्रदान गरिने पुनरकर्जा १० अर्ब २३ करोड रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }