आइतवार, बैशाख ३०, २०८१

परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 608
    SHARES

काठमाडौं, ५ जेठ

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थानअक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।

परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको छ ।

यसैगरी परिसंघले महाकालीअञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेतीअञ्चल अस्पताल धनगढीलाई २० थान, राप्तीअञ्चल अस्पताल दाङ्गलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशीअञ्चल अस्पताल विराटनगरलाई २० थानअक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

स्वास्थ्यमन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले विपदको समयमा सहयोगकालागि परिसंघलाई धन्यवाद दिनुभयो । उहाँले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्तगर्नु भएको छ ।

परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताउनु भयो । उहाँले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख गर्नुभयो ।

कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजनग्यास तथा सिलिण्डर अभाव भइरहेको छ । परिसंघले कोभिड संक्रमितको उपचारमा चाप ब्यहोरेका अस्पतालका लागि सिलिण्डर उपलब्ध गराएको हो ।
कार्यक्रममा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल एवं उपाध्यक्ष सुलभ अग्रवालको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }