बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुर्किनाफासोमा भएको हिंसामा २७ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ६, २०७८
  • 536
    SHARES

६ जेठ, काठमाडौं । बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो ।

मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती गाउँलेको ज्यान लिएका थिए । त्यस्तै यहाँको उत्तरी राएल क्षेत्रमा यहाँको सैनिकले गरेको कारबाहीमा परेर १२ जना हतियारधारी मारिएका छन् ।

उनीहरु पनि गाउँलेलाई आक्रमण गर्नका लागि सो क्षेत्रमा पुगेका थिए । त्यस क्रममा सेनाले गरेको कारबाहीमा उनीहरु मारिएका हुन् । मंगलबार बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजारानामा पुगेका हतियारधारीले गरेको हमलामा मारिएका १५ जना स्थानीय गाउँले रहेका बताइएको छ ।

सो प्रान्तमा केही समय यतादेखि जातिय हिंसा शुरु भएको पाइएको छ ।त्यस हिंसामा परेर एक हजार भन्दा बढी नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जनता त्यहाँबाट विस्थापित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)